१४ भदौ ०८०, काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को एउटा टोली ६० किलो सुन तस्करी प्रकरणको अनुसन्धानका क्रममा भारततर्फ लागेको छ ।
हङकङबाट ब्रेक सुभित्र लुकाई ल्याएको सुन साउन ३ गते बरामद भएसँगै अनुसन्धानकाक्रममा सीआईबीले प्रहरी नायब उपरीक्षक (डीएसपी) धर्मराज भण्डारीलाई भारत पठाएको छ भने थप अधिकृत पठाउने तयारी गरिरहेको छ ।
सीआईबी स्रोतकाअनुसार सीआईबीले केही कागजातको संलकन र तथ्यहरुको प्रमाणीकरणका लागि एसएसपी दिनेश आचार्यलाई हङकङ पठाएको छ ।
सुन तस्करी प्रकरणमा सीआईबीले अहिलेसम्म ६ जना विदेशी नागरिकसहित २५ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।