१३ भदौ ०८०, काठमाडौं । विद्युतीय चुरोटमा अवैध सुन लुकाएर ल्याएको तस्करी प्रकरणमा राहुल महरा पक्राउ परेका छन् ।
विद्युतीय चुरोट (भेप)मा लुकाएर भएको सुन तस्करी प्रकरणमा चिनियाँ व्यापारी दावासँग पटकपटक टेलिफोन सम्पर्कमा देखिएका महरालाई अनुसन्धानका लागि प्रहरीले बुधबार नियन्त्रणमा लिएको हो ।
राहुललाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले आज दिउँसो नियन्त्रणमा लिएको जानकारी दिएको छ ।
राहुल महरा नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महराका छोरा हुन् ।