१३ जेठ ०७५, काठमाडौं । करिब ३८ क्वीन्टल सुन तस्करी प्रकरण र सनम शाक्यको हत्याका मुख्य अभियुक्त चुडामणि उप्रेती गोरेलाई जेल चलान गरिएको छ ।
आइतबार जिल्ला अदालत, मोरङले गोरेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । उनी गत मंगलबार काठमाडौंबाट पक्राउ परेका थिए ।
उनलार्इ बयानपछि पुर्पक्षका लागि थुनामा पठाइएको जिल्ला अदालत मोरङले जनाएको छ ।