सुरक्षा सर्तकता अपनाउने निर्णय नेपाली सेनाको निर्णय

१८ बैशाख ०७४, काठमाण्डौ । नेपाली सेनाले देशमा विकसित पछिल्लो घटनाक्रमलाई मध्यनजर गर्दै सुरक्षा सतर्कता अपनाउने निर्णय गरेको छ ।

Nepal army1

आइतबार राति बसेको सेनाको पि.एस.ओज बैठकले देशमा विकसित पछिल्लो घटनाक्रमलाई मध्यनजर गर्दै सुरक्षा सर्तकता अपनाउने निर्णय गरेको हो ।

पीएसओ बैठकपछि सैनिक जनसम्पर्क निर्देशनालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘देशमा हाल विकसित घटनाक्रमको समीक्षा गर्न आज मिति २०७४ बैशाख १७ गते जंगी अड्डामा आकस्मिक पि.एस.ओज बैठक बसी वर्तमान परिस्थितिबाट उत्पन्न हुनसक्ने सुरक्षा चुनौतीहरुको समीक्षा गर्दै आवश्यक सुरक्षा सर्तकता अपनाउने निर्णय गरिएको छ ।’

Army

सरकारले बैशाख ३१ गतेका लागि स्थानीय चुनाव घोषणा गरिसकेको अवस्था छ । र, चुनावमा पछिल्लो सुरक्षा घेरामा रहने गरी सेना परिचालनको औपचारिक निर्णयसमेत भइसकेको छ ।

यो स्थितिमा नेपाली सेनाको बैठकले चुनावलाई लक्षित गरेर सुरक्षा सतर्कता अपनाएको हो या प्रधानन्यायाधीश सुशीला कार्कीलाई महाअभियोग लगाउने निर्णयपछि उत्पन्न हुनसक्ने परिस्थितिबारे लक्षित गरेको हो भन्ने विज्ञप्तिमा खुलेको देखिँदैन ।

तपाइको मत