सैनिक अस्पतालको सहकार्यमा शल्यक्रिया सहितको सात दिने शिविर शुरु

१ फागुन ०७५, राजविराज । राजविराजमा बुधबारदेखि एकहप्ते बृहत्त स्वास्थ्य शिविरको उद्घाटन गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आयोजना एवम् विरेन्द्र सैनिक अस्पताल काठमाण्डौको सहकार्यमा राजविराजमा सात दिने बृहत स्वास्थ्य शिविरको उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवल उद्घाटन गरेका हुन् ।

फोटोः देवराम यादव

स्थानिय गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालको प्राङगनमा आयोजित एक कार्यक्रमबीच शिविरको उदघाटन गर्दै ै मन्त्री यादवले आर्थिक अभावका कारण उपचार सेवाबाट बञ्चित बिरामीलाई लक्षित गरी शिविरको आयोजना गरिएको बताए ।

फागुन ७ गतेसम्म चल्ने शिविरमा जनरल सर्जरी, मुटु रोग, शल्यक्रिया सहित नाक कान घाँटी रोग, छाला रोग, मानसकि रोग, स्त्री रोग(पाठेघर सम्बन्धी शल्यक्रिया सहित), बाल रोग, हाडजोर्नी रोग, दन्त रोग र आँखा सम्बन्धी रोगको निःशुल्क उपचार सेवा प्रदान गरिने नेपाली सेना स्वास्थ्य विभागका महानिर्देशक उपरथी शशी राईले जानकारी दिए ।

विरेन्द्र सैनिक अस्पतालका वरिष्ठ चिकित्सक साहायक रथी डा. राजिव कोईरालाको नेतृत्वमा विभिन्न रोगका विशेषज्ञ सहितको १ सय २६ सदस्यीय चिकित्सक टोलीले उपचार सेवा प्रदान गर्नेछन् ।

शल्यक्रिया सहितको निःशुल्क स्वास्थ्य शिविरमा नाम लेखाउन शिविर स्थल पवि माविको खेल मैदानमा पहिलो दिननै १ हजार ५ सय १७ जनाले उपचारका लागि नाम दर्ता गराएका छन् भने विभिन्न रोगका १८ जना विरामीको शल्यक्रिया कार्य सम्पन्न गरिएको उपरथी राईले जानकारी गराए । ्शिविरमा विरामीलाई औषधि समेत निःशुल्क प्रदान गरिने व्यवस्था मिलाईएको छ ।

तपाइको मत