१७ साउन ०७४, काठमाडौं । नुवाकोटको त्रिशुलीमा २५ मेगावाटको सोलार जडान गर्ने ठेक्का रद्द गरी नयाँ ठेक्का प्रक्रिया अघि बढाउन नेपाल विद्युत प्राधिकरणलाई संसदको सार्वजनिक लेखा समितिले निर्देशन दिएको छ।
मंगलबार बसेको लेखा समितिको बैठकले विश्व बैंकले सिफारिस गरेको चिनियाँ ठेकेदार रिजन इनर्जी कम्पनीसँग १७ मे २०१७ मा भएको ठेक्का सम्झौता रद्द गर्न नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिएको हो ।
लेखा समिति बैठकले अहिलेसम्म सोलार प्लान्ट स्थापान गर्न अघि बढाइएका प्रक्रिया खारेज गरेर नयाँ प्रक्रियासहित काम सुरु गर्न निर्देशन दिएको हो ।
विश्व बैंकको सहयोगमा प्राधिकरणले ५ अर्ब रुपैयाँ लगानी गरेर त्रिशुलीमा रहेको प्राधिकरणको सव -स्टेशनको जग्गामा सोलार प्लान्ट राख्न ठेक्का आह्वान गरेको थियो ।
यसअघि असार ३० गते समितिले अनियमितता भएको भन्दै ठेक्का रोक्न निर्देशन दिएको थियो।