सोलुमा मतदाता शिक्षा कार्यक्रम स्थगन : निर्वाचन अधिकृत फिर्ता

Matpatra

१४ बैशाख ०७४, सोलुखुम्बु । सोलुखुम्बुमा जिल्लामा सञ्चालन भइरहेको मतदाता शिक्षा कार्यक्रम मङ्गलबारदेखि स्थगन गरिएको छ ।

प्रदेश नं १ को स्थानीय तह निर्वाचन जेठ ३१ गतेका लागि सारिएपछि सोलुखुम्बुमा मतदाता शिक्षा कार्यक्रम पनि स्थगित गरिएको हो ।

जिल्ला निर्वाचन कार्यालय सोलुखुम्बुका प्रमुख खिमादेवी लगेवाका अनुसार केन्द्रको निर्देशनअनुसार पछिल्लो चरणमा सुरु गर्ने गरी हालका लागि कार्यक्रम स्थगित गरिएको छ । जिल्लाका एकसय २० मतदान केन्द्रका लागि प्रत्येक केन्द्रमा एकजनाका दरले मतदाता शिक्षा स्वयंसेवक परिचालन गरिएको थियो ।

gau-sabha

यस्तै, जिल्लाका आठ स्थानीय तहमा निर्वाचन अधिकृतका रुपमा खटिएका कर्मचारी पनि फिर्ता भएका छन् । मङ्गलबार कार्यालय स्थापना गरी काम सुरु गर्ने कार्यक्रम रहेको भएपनि निर्वाचन मिति सरेका कारण उनीहरु सबैलाई फिर्ता गरिएको मुख्य निर्वाचन अधिकृत प्रकाशचन्द्र अधिकारीले जानकारी दिए ।

तपाइको मत