९ साउन ०८१, काठमाडौं । सौर्य एयरलाइन्सको जहाज आज बिहान काठमाडौंबाट पोखरा जाने क्रममा विमानस्थल परिसरभित्रै दुर्घटना भएको छ ।
उक्त दुर्घटनामा १८ जनाको मृत्यु हुनुका साथै एक जना घाइते भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले जारी गरेको विज्ञप्तिमा आगलागी नियन्त्रणमा लिई १८ जनाको शव संकलन गरिएको उल्लेख गरिएको छ ।
९ एन–एएमई सीआरजे–७ विमान बिहान काठमाडौंबाट पोखरा जाने क्रममा विमानस्थल परिसरभित्रै दुर्घटना हुँदा विमानमा क्याप्टेन मनिष शाक्य थिए । शाक्यलाई घटनास्थलबाट उद्धार गरेर सिनामंगलस्थित केएमसी अस्पतालमा उपचारका लागि लगिएको छ ।