१७ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले स्थानीय चुनावलाई लक्षित गरेर चुनावी सभा गर्ने निर्णय गरेको छ ।
राप्रपाको बिहीबार बसेको बैठकले स्थानीय चुनावलाई लक्षित गरेर वैशाख १० भित्र १४ सभा गर्ने निर्णय गरेको हो ।
राप्रपाले मेचीको दमक, कोशीको इटहरी, सगरमाथाको लाहान, जनकपुरको बर्दिबास, नारायणीको भरतपुर, बाग्मतीको धादिङ, गण्डकीको स्याङ्जा, लुम्बिनीको भैरहवा, राप्तीको दाङ, भेरीको नेपालगञ्ज, सेतीको धनगढी र महाकालीको बैलौरीमा सभा गरिने जनाएको छ ।
आमसभालार्इ पार्टी अध्यक्ष कमल थापाका साथै पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द र वरिष्ठ नेता पशुपति शम्शेर जवराले सम्बोधन गर्ने कार्यक्रममा छ ।