६ जेठ ०७४, काठमाडौं । बैशाख ३१ गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनकाे अहिलेसम्म प्राप्त मत परिणाम अनुसार एमाले पहिलो, काँग्रेस दोस्रो र माओवादी तेस्रो स्थानमा रहेको छ ।
एमालेले १०६, काँग्रेसले १००, माओवादी केन्द्रले ४६, राप्रपाले १ र अन्यले ६ स्थानमा प्रमुख पदमा विजय हासिल गरेको छ ।
यसैगरी उपप्रमुख पदमा एमालेले ११९, काँग्रेसले ७९, माओवादी केन्द्रले ४७, राप्रपाले ५ र अन्यले ८ स्थानमा विजय हासिल गरेको छ ।