४ असोज ०७४, असोज २ गते सम्पन्न दुई नम्बर प्रदेशको स्थानीय तह निर्वाचनको मत परिणाम आउनेक्रम जारी रहेको छ ।
पछिल्लो मत परिणाम अनुसार स्थानीय तहको प्रमुख पदमा काँग्रेसले ४३, एमालेले २४, माओवादी केन्द्रले २२, राजपाले १७ र अन्य दलले २२ स्थानमा अग्रता लिएको छ ।
कुन पार्टी, कुन वडामा विजयी बने
सप्तरीको १६ वटा वडाको मत परिणाम सार्वजनिक भएको छ । जसअनुसार काँग्रेसले ८ स्थानमा, एमाले र राप्रपा ३/३ स्थानमा, संघीय फोरम र फोरम लोकतान्त्रिकले १/१ स्थानमा जित निकालेको छ ।
तिलाठी कोइलाडी गाउँपालिका ८ मा राजपा नेपालको लक्ष्मीप्रसाद मण्डल प्यानल विजयी भएको छ । त्यस्तै सप्तकोशी नगरपालिका १५ मा एमालेको प्यानल विजयी भएको छ ।
सिरहा
औरही गाउँपालिका : १ मा सुरैतलाल ठाकुर, प्यानल विजयी – संघीय फोरम
कर्जन्हा नगरपालिका : १ मा मोहन बहादुर खत्री र वडा नं. ३ मा कपलेश्वर यादव – माओवादी केन्द्र
अर्नमा गाउँपालिका : १ मा गफार मियाँ, प्यानल – माओवादी केन्द्र, २ मा माओवादी केन्द्र
भगवानपुर गाउँपालिका : १ मा बद्रीनारायण यादव, प्यानल विजयी – संघीय फोरम
लहान नगरपालिका : २ मा सियाराम यादव, प्यानल विजयी – काँग्रेस, ८ मा फोरम
धनगढीमाई नगरपालिका : १ मा सूर्यनारायण महतो, प्यानल – एमाले, २ र ३ मा माओवादी
कल्याणपुर नगरपालिका : १ र २ मा क्रमश : जयराम कामती र विश्वेश्वर मुखिया – राजपा, ३ मा काँग्रेस
मर्चैया नगरपालिका : १ मा माओवादी
गोलबजार नगरपालिका : १ मा माओवादी
नबराजपुर गाउँपालिका : २ मा काँग्रेस
धनुषा
गणेशमान चारनाथ नगरपालिका : ११ मा सत्यनारायण कुवँर, विजयी – माओवादी केन्द्र
जनकनन्दीनी गाउँपालिका : १ मा धर्मेन्द्र कुमार गोइत – संघीय फोरम
बटेश्वर गाउँपालिका : १ मा शैलेन्द्र महतो, प्यानल – काँग्रेस
मिथिला बिहारी नगरपालिका : १ मा प्रमोद मण्डल – काँग्रेस
मुखियापट्टी मुसहरमिया गाउँपालिका : १ मा कौशल यादव, २ मा नरेश यादव – एमाले
विदेह नगरपालिका : १ मा रामवृक्ष ठाकुर – एमाले, २ मा – काँग्रेस
सबैला नगरपालिका : १ मा कपिलदेव राउत – माओवादी केन्द्र
हंसपुर नगरपालिका : १ मा कामेश्वर कापाडी – एमाले । २ मा उदय कुमार साह – राजपा । ३ मा उदय सिंह – संघीय फोरम ।
धनौजी गाउँपालिका : १ मा राजपा
महोत्तरी
बर्दिवास नगरपालिका : २ र १४ मा भरत हमाल – काँग्रेस
गौशला नगरपालिका : १ र २ मा माओवादी, ३ मा विरेन्द्र चौधरी – काँग्रेस
भँगाहा नगरपालिका : १ मा – माओवादी, ३ मा संघीय फोरम
औरही नगरपालिका : ४ मा शिवनाथ यादव – एमाले
सर्लाही
बरहथवा नगरपालिका : १७ मा – फोरम, १८ मा संघीय फोरम ।
हरिपुर्वा नगरपालिका : १ मा इशाह मिया, विजयी – एमाले
हरिवन नगरपालिका : १ मा राम बहादुर मगर, प्यानल विजयी – एमाले
रौतहट
परोहा नगरपालिका : ३ मा महेश सिंह, ४ मा जवाहर यादव र ५ मा शेख नथोनी काँग्रेस
देवाही गोनाही नगरपालिका : १ मा शेख नुरउल्लाह – संघीय फोरम
फतुवा विजयपुर नगरपालिका : १ मा सञ्जय साह, प्यानल विजयी – नेकपा माओवादी केन्द्र
बारा
कोल्हवी नगरपालिका : ३ मा किसन दियाल चौधरी – काँग्रेस
जितपुरसिमरा उपमहानगरपालिका : २४ मा इलियस देवान – एमाले
देवताल गाउँपालिका : १ मा पन्नालाल साह, प्यानल विजयी – माओवादी केन्द्र
पचरौता नगरपालिका : १ मा जगत नारायण यादव, प्यानल विजयी – एमाले
पर्सा
ठोरी गाउँपालिका : १ मा रामप्रकाश कुँवर, प्यानल विजयी – माओवादी केन्द्र
पटेर्वा सुगौली गाउँपालिका : १ मा फरमान मिया अन्सारी, प्यानल विजयी – एमाले
पर्सागढी नगरपालिका : २ मा देवमान चौधरी – काँग्रेस
बिन्दवासीनी गाउँपालिका : १ मा सगिर मिया, प्यानल विजयी – एमाले
निजगढ नगरपालिका : १३ मा सुरेश घलान प्यानल – काँग्रेस