१८ जेठ ०७५, काठमाडौं । स्पेनका प्रधानमन्त्री मारिआनो राखोयविरुद्ध सोसलिस्ट पार्टीले अविश्वासको प्रस्ताव दर्ता गरेको छ ।
सोसलिस्ट पार्टीले प्रधानमन्त्री मारिआनो राखोयको पिपुल्स पार्टी भ्रष्टाचार मुद्दामा मुछिएपछि अविश्वासको प्रस्ताव दर्ता गरेको हो ।
बीबीसीकाअनुसार अविश्वासको प्रस्तावमा शुक्रबार मतदान हुनेछ । प्रस्तावको पक्षमा बहुमतको लागि १७६ मत चाहिन्छ ।
राखोयसँग पिपुल्स पार्टीसँगै थियोदादानोस र क्षेत्रीय पार्टीहरुको समर्थन छ । यी सबैको मत जोड्दा १६९ मात्र पुग्ने भन्दै विपक्षी सोसलिस्ट पार्टीका नेता सान्चेजले राजीनामा दिन प्रधानमन्त्री रखायलाई आग्रह गरेका छन् ।