स्वाथ्यकर्मीको जायज माग पुरा गराउन आवश्यक पहल गर्ने सभापतिको प्रतिबद्धता

८ फागुन, राजविराज ।

महिला, वालवालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण संसदीय समितिका सभापति रञ्जु झाले स्वास्थ्यकर्मीहरुले आन्दोलन मार्फत उठाएका जायज मागप्रति समर्थन जनाउँदै समस्या समाधानका लागि आफुले हरसम्भव प्रयास गर्ने प्रतिबद्धता जनाएकी छिन् ।

स्थानीय जिल्ला जनस्वास्थ्य कार्यालयको प्रांगणमा ६ दिनदेखि जिल्ला भर स्वास्थ्य सेवा ठप्प पारी थालिएको धर्ना कार्यव्रmमलाई आइतवार सम्वोधन गर्दै सभापति झाले स्वास्थ्यकर्मीहरुले आन्दोलन मार्फत उठाएका जायज मागप्रतिे समर्थन जनाएकी हुन् ।

स्वास्थ्यकर्मीहरुको संयुक्त ट्रेड युनियन संघर्ष समितिको अगुवाईमा स्वास्थ्यसेवा ऐन २०५३ को दफा ९ (ख) कार्यान्वयन तथा विवादित दरबन्दी तेरीज खारेज गरी ज्येष्ठताको आधारमा स्वास्थ्य संस्थामा प्रमुख नियुक्त हुनुपर्ने लगायतका माग अघि सार्दै स्वास्थ्यकर्मीहरु धर्ना बस्दै आएका थिए ।

धर्नामा बसेका स्वास्थ्यकर्मीहरुलाई सम्वोधन गर्दै झाले जायज माग पुरा गराउन आफुले हरसम्भव पहल थालेको जानकारी दिँदै तत्काल सरकारबाट समस्या समाधानका लागि ३ सदस्यीय वार्ता टोली समेत गठन भईसकेको र एक दुई दिनमै समस्या समाधान हुने विश्वास ब्यक्त गरिन ।

तपाइको मत