१२ मंसिर ०७६, काठमाडौं । अमेरिका हङकङका प्रदर्शनकारीहरूको पक्षमा उभिएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हङकङमा प्रजातन्त्र माग्दै आन्दोलन जारीरहेका बेला प्रदर्शनकारीहरूलाई समर्थन गर्ने अमेरिकी संसद्को विधेयकमा हस्ताक्षर गरेका हुन् ।
ट्रम्पले विधेयकमा हस्ताक्षर गर्नुको औचित्यबारे प्रष्ट पार्दै भनेका छन्, “चीन र हङकङका नेता र प्रतिनिधिहरूले आफ्ना मतान्तरहरू शान्तिपूर्ण तरिकाले हल गरून् र सबैका लागि दीर्घकालीन शान्ति र समृद्धि हासिल होस् भनेर विधेयक ल्याइएको हो ।”
हङकङ प्रजातन्त्र तथा मानव अधिकार विधेयक अमेरिकी कंग्रेसमा पेस भएको थियो । पेस गरिएको विधेयकले संसदबाट पारित भएर कानूनी मान्यता पाएको छ ।
सुपुर्दगी सन्धि हङकङको संसदमा पेस भएपछि सोको विरोधमा प्रदर्शन जारी नै छ ।













