हजरियामा टिपरको ठक्करबाट ३ विद्यार्थी घाइते

६ असार ०७५, सर्लाही । बरहथवा नगरपालिका ३ हजरियामा टिपरको ठक्करबाट तीनजना विद्यार्थी घाइते भएका छन् ।

बुधवार दिउँसो हजरिया झिँयाही टोलमा ना ७ प २२८६ नम्बरको को  टिपरले बा ४९ प ७२५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा तीनजना घाइते भएका हुन् ।

दुर्घटनामा स्थानीय मुनलाइट बोर्डिङ स्कुलको कक्षा १० मा अध्ययनरत बागमती नगरपालिका ७ राजघाटका अनिल साह, कौडेनाका राजीव यादव र सिरहा गोलबजारका रोहन थापा घाइते भएको इलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ ।

घाइतेहरुलाई बरहथवामा सामान्य उपचार गरी चितवनको भरतपुर रेफर गरिएको छ ।

टिपरका चालक र टिपरलाई नियन्त्रणमा लिई  बरहथवा ल्याएको बरहथवाका प्रहरी निरीक्षक आमोदकुमार खेरवारले जानकारी दिए ।दुर्घटनापछि आक्रोशित बनेका गाँउलेले टिपर र त्यसका चालकमाथि आक्रमणको प्रयास गरेका थिए ।

तपाइको मत