हत्कडीसहित फरार कैदी पक्राउ

१ फागुन ०७५, धनगढी । कैलाली जिल्ला अदालत परिसरबाट हत्कडीसहित फरार भएका कैदीलाई प्रहरीले गोली हानेर पक्राउ गरेको छ ।

बलात्कारको अभियोगमा गत सोमबार पक्राउ परेका लम्की चुहा नगरपालिकाका २३ वर्षका दिल्प दमाई म्याद थपका लागि जिल्ला अदालत ल्याइएको बेला हत्कडीसहित फरार भएपछि प्रहरीले गोली हानेर पक्राउ गरेको हो ।

फरार दमाईलाई धनगढी उपमहानगरपालिका ७ मा पर्ने बेली जंगलमा गोली हानेर पक्राउ गरेको कैलाली प्रहरी प्रवक्ता डिएसपी हरिबहादुर ओलीले जानकारी दिए ।

दमाईको खुट्टामा गोली लागेकोले उपचारका लागि सेती अञ्चल अस्पतालमा भर्ना गरिएको प्रहरीले जानकारी दिएको छ ।

तपाइको मत