हमास र इजलाय युद्ध जारी : अमेरिकाले इजरायललाई साथ दिने

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनले हमासविरुद्धको लडाइँमा अमेरिकाले इजरायललाई साथ दिने बताएका छन् ।

हमास र इजलायल बीच युद्ध चलिरहेकै समयमा इजरायल पुगेका बाइडनले अमेरिका इजराइलको साथमा रहेको बताएका हुन् ।

हमासविरुद्धको लडाइँमा अमेरिकाले सुरुदेखि नै इजरायललाई साथ दिँदै आएको छ भने हमासलाई प्रतिबन्धसमेत लगाएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले हमास र इजरायल बीच चलिरहेको युद्धमा यही असोज २० यता दुबैतर्फ गरी ४ हजार ५०० भन्दा बढीको मृत्यु भइसकेको जनाएका छन् ।