१ असोज ०८०, काठमाडौं । आज भाद्र शुक्ल तृतीया, हिन्दु नारीहरुले हरेक वर्षझैं यसवर्ष पनि तीज पर्व भव्यरुपमा मनाएका छन् ।
हरितालिका तीजको अवसरमा पशुपतिनाथ मन्दिर लगायत देशभर विभिन्न कार्यक्रम गरी हिन्दु नारीहरुले ब्रत समेत बसेर पूजाआजासँगसँगै नाचगानसहित तीज पर्व मनाएका हुन् ।
तीज पर्वमा अविवाहित महिलाले राम्रो पति पाउने कामनासहित र विवाहित महिलाले परिवार र श्रीमानको दीर्घायू होस् भन्ने कामनासहित व्रत बसेर शिवको पूजा गर्ने चलन रहिआएको छ ।
सत्ययुगमा पार्वतीले आजैको दिन निराहार ब्रत बसेपछि महादेव पति पाएकीले तीजमा ब्रत बस्दा मनोकांक्षा पूरा हुने जनविश्वास छ ।