१४ भदौ, काठमाडौं । हरेक वर्षझैं भाद्र शुक्ल तृतीयाका दिन आज हिन्दु नारीहरुले ब्रत बसी पूजा आराधना गरेर हर्षोल्लासका साथ हरितालिका तीज पर्व मनाएका छन् ।
देशभरका हिन्दु नारीहरुले महादेव र देवी पार्वतीको ब्रत बसेर पूजा आराधना गरेर तीज गीतमा छमछमी नाचेर मंगलबार तीज पर्व मनाएका हुन् ।
यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले तीजको अवसरमा पशुपतिनाथको दर्शन गरेकी छन् ।
ब्रत बसेर पूजा आराधना गर्दा पारिवारिक सुख, शान्ति र समृद्धि प्राप्त हुने जनविश्वास रहिआएको छ ।