६ मंसिर, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले हिन्दु राष्ट्र स्थापनाका लागि राप्रपाले नेतृत्वदायी भूमिका गर्ने बताएका छन् ।
कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र पशुपति शम्शेर राणा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीबीच पार्टी एकता घोषणा पछि थापाले सो कुरा बताएका हुन् ।
सोमबार राजधानीमा एक कार्यक्रमको बीच थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र राणा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीबीच पार्टी एकतापछि पार्टीको नाम ‘राष्ट्रिय प्रजातन्त्र पार्टी’ राखिएको छ भने कार्यकारी अध्यक्ष कमल थापा र राष्ट्रिय अध्यक्ष पशुपतिशम्शेर राणा बनेका छन् । झण्डा राप्रपा नेपालको कायम गरिएको छ ।
एकतापछि ‘राष्ट्रिय प्रजातन्त्र पार्टी’मा पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, विश्वबन्धु थापा र डा. प्रकाशचन्द्र लोहनीलाई वरिष्ठ नेता घोषणा गरिएको छ ।
‘राष्ट्रिय प्रजातन्त्र पार्टी’का नेताहरुले एकीकृत पार्टीलाई बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति बनाउने उदघोष गरेका छन् ।