हेलिकोप्टर दुर्घटनामा ७ जनाको मृत्यु

13921191_509808895891492_7958535882516085058_n

२४ साउन, काठमाडौं । गोरखाको सिर्दिवास गाविस ८ फिलिम भन्ने स्थानबाट विरामीहरु लिएर काठमाडौंका लागि उडेको नाइन एन एकेए कलसाइन भएको हेलिकोप्टर नुवाकोटको मदानपुर गाविस-९ को बेतिनी जंगलको भीरमा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ ।

नुवाकोटका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद पोख्रेलले दुर्घटनामा क्याप्टेन रन्जन लिम्बुसहित कितमान लिम्बु, अज्ञानी गुरुङ, लक्ष्मी गुरुङ, निशा तामाङ, प्रति गुरुङ र उनका पाँच दिनको छोराको मृत्यु भएको जनाएको छ ।

हेलिकोप्टर गोरखाको फिलिमबाट दिउँसो १२ बजेर १० मिनेटमा काठमाडौंका लागि उडेको थियो । सो हेलिकोप्टर १२ बजेर ३२ मिनेट जाँदा सम्पर्कविहीन भएपछि खोजी सुरु गरिएको थियो ।

हेलिकोप्टर दुर्घटनाबारे जानकारी पाएसँगै नुवाकोटका प्रमुख जिल्ला अधिकारी पोख्रेलसहित नेपाली सेना र प्रहरीको टोली सदरमुकाम विदुरबाट घटनास्थल गएको थियो ।

तपाइको मत