२४ फागुन ०७५, काठमाडौं । १०९औं अन्तर्राष्ट्रिय महिला दिवस ‘लैंगिक समानताका लागि समान सोच र व्यवहारः समृद्धिको आधार’ भन्ने मूल नाराका साथ बिभिन्न कार्यक्रम गरी मनाइएको छ ।
शुक्रबार अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा मूल समारोह समितिले भृकुटी मण्डपबाट ¥यालीसुरु भृकुटी मण्डपबाट सुरु गरी पुलती सडक, रत्नपार्क हुँदै पुनः भृकुटीमण्डपमै पुगेर टुङ्गिएको थियो ।
¥यालीपछि राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले शुभकाना व्यक्त गर्दै महिलाविरुद्धको विभेद र उत्पीडन अन्त्यमा सहयोग गर्न सबैमा आग्रह गरेकी छन् ।
‘लैङ्गिक समानताका लागि समान सोच र व्यवहार समृद्धिको आधार’ भन्ने यस वर्षको अन्तर्राष्ट्रिय दिवसको राष्ट्रिय नाराले सम्पूर्ण महिलाको चौतर्फी विकास र सशक्तीकरण अति आवश्यक छ भन्ने सन्देश दिएको राष्ट्रपतिले उल्लेख गरिन् ।
संयुक्त राष्ट्र सङ्घको दिगो विकास लक्ष्यमा महिला सशक्तीकरण र लैङ्गिक समानता समेटिएको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले त्यसको कार्यान्वयनमा जोड दिएकी छन् । सन् २०३० सम्ममा पूरा गर्ने गरी तय गरिएको लक्ष्य पूरा भएमा नेपाल महिलाका लागि अनुकरणीय देश बन्ने राष्ट्रपतिको भनाइ छ ।













