१० किलो सुनसहित दुई जना पक्राउ

२५ भदौ ०७५, काठमाडौं । प्रहरीले अवैध १० किलो सुनसहित पक्राउ पुरेका दुई जनालाई सार्वजनिक गरेको छ ।

प्रहरीले चुमनुव्री गाउँपालिका–३ सिर्दिवास फिलिमबाट गत शनिबार पक्राउ परेका चुमनुव्री–७ छेक्म्पारका ५८ वर्षीय मुटुप लामा भनिने छिरिङ डन्डुप लामा र २८ वर्षीय लोप्चन तेन्वेलाई सिर्दिवासबाट सदरमुकाममा ल्याएपछि आज सार्वजनिक गरेको हो ।

प्रहरीका अनुसार छिरिङले गलबन्दीभित्र सुन राखी बाहिरबाट सिलाएर कम्मरमा बेल्ट जस्ता बनाएर ५ किलो सुन र सात तोलाको दुई थान कुन्दरा, १ तोलाको दुई थान टप अवैध रुपमा चीनबाट ल्याउँदै गरेको अवस्थामा बरामद गरेको जनाएको छ ।

छिरिङसँगै रहेका लोप्चनले रातो झोलामा ५ किलो सुन बोकेको एसपी बिमल बस्नेतले जानकारी दिए । बरामद सुनको मूल्य चार करोड ९३ लाख बराबर छ ।

तपाइको मत