२२ मंसिर ०७६, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत पौडीमा गौरिका सिंहले तेस्रो स्वर्ण जितेकी छिन् ।
आइतबार सातदोबाटो अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भएको ४०० मिटर फ्री स्टाइलमा उनले अर्को स्वर्ण जितेकी हुन् ।
उनले निर्धातिर दुरी ४ मिनेट २५.२८ सेकेण्डमा पुरा गरेकी थिइन् ।













