२१ जेठ ०७५, काठमाडौं । अन्नपूर्ण पदमार्गमा १७ किलो सुनसहित पक्राउ परेका युवकलाई १० वर्ष छ महिना कैदसहित ८ करोड १६ लाख १४ हजार ९६० जरिवाना सजाय सुनाइएको छ ।
लमजुङ जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले मनाङको नासोङ गाउँपालिका–९, दानाक्युका ३१ वर्षीय पासाङ गुरुङलाई संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गत उक्त सजाय गर्ने फैसाला गरेको हो ।
गुरुङ पाँच महिनाअघि १७ किलो सुनसहित मस्र्याङ्दी–२, खुदीमा पक्राउ परेका थिए । भरियाका रुपमा सुन बोकेका गुरुङ पक्राउ परे पनि मुख्य तस्करी भने अझै अज्ञात छन् ।