७ कार्तिक ०७६, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली १८औँ शिखर सम्मेलनमा सहभागी हुन अजरबैजान प्रस्थान गरेका छन् ।
प्रधानमन्त्री ओली राजधानी बाकुमा आयोजना हुने असंलग्न आन्दोलन सदस्य राष्ट्रका सरकार प्रमुखहरूको १८औँ शिखर सम्मेलनमा सहभागी हुन अजरबैजान प्रस्थान गरेका हुन् ।
प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहकार डा.राजन भट्टराई, परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास बैरागी साथै परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरू सहभागी रहेका छन् ।
शिखर सम्मेलन यही कार्तिक ८ र ९ गते बाकुमा हुँदैछ भने असंलग्न आन्दोलनको संस्थापक राष्ट्रको हैसियतमा नेपालले स्थापनाकालदेखि शिखर सम्मेलनमा सहभागी हुँदै आइरहेको छ ।
प्रधानमन्त्री कार्तिक १० गते स्वदेश फर्किने कार्यक्रम छ ।













