२० असोज, हान्झाउ । चीनको हान्झाउमा जारी १९औं एसियाली खेलकुदमा नेपालले अहिलेसम्म एक कास्य पदक जितेको छ ।
पहिलो पटक एसियाडमा सहभागी भएको नेपाली महिला कबड्डी टिमले नेपाललाई कांस्य पदक दिलाएको हो ।
नेपाली टोलीलाई शनिवार पदक प्रदान गरिएको छ ।
फाइनलमा चाइनिज ताइपेइलाई रोमाञ्चक खेलमा २६–२५ ले हराउँदै भारतले स्वर्ण जित्यो भने चाइनिज ताइपेइले रजत प्राप्त गर्दा सेमिफाइनलमा पराजित नेपाल र इरानले कास्य पदक प्राप्त गरेको हो ।
कबड्डीमा सेमिफाइनल पुगेको टिमले पदक पाउने प्रावधान रहेकोले नेपालले समिफाइनमा प्रवेश गर्ने बित्तिकै पदक पक्का गरिसकेको थियो ।