१ माघ ०७५, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कम्पनी रजिष्ट्रारको कार्यालय, त्रिपुरेश्वर काठमाडौंमा कार्यरत सहायक रजिष्ट्रार र उनकी छोरीलाइ पक्राउ गरेको छ ।
सोमबार अख्तियारको केन्द्रीय कार्यालयबाट खटिएको टोलीले सहायक रजिष्ट्रार गीताकुमारी पन्थी र उनकी छोरी पोषर्ण १ लाख घुस रकमसहित रंगेहात पक्रेको हो । पन्थीले घुस रकम छोरीलाई राख्न दिएकाले दुवै जनालाई काठमाडौं महानगरपालिका–१४ स्थित एनएमबी बैंकको पार्किङस्थलबाट पक्राउ गरिएको हो
आयोगका प्रवक्ता सहसचिव रामेश्वर दंगालले त्रिपुरेश्वरमा सञ्चालित एक विद्यालयको राजश्व रकम छुट गराउने नाममा पन्थीले घुस मागेको सूचनाका आधारमा उनलाई नियन्त्रणमा लिएको जानकारी दिए ।