२१ जोडीको दाइजोमुक्त, अन्तरजातीय सामूहिक विवाह

८ असार, धनुषा । जिल्लाको मिथिला नगरपालिकामा दाइजोमुक्त अन्तरजातीय सामूहिक विवाह सम्पन्न भएको छ ।

धनुषाको मिथिला नगरपालिका–२ बेलाचापीस्थित शन्त रामपालको सतलोक आश्रममा २१ जोडीको सामूहिक विवाह भएको हो ।

शन्त रामपालका अनुयायी ईश्वरदत्त भट्टले दिएको जानकारीअनुसार गुरुवाणीद्वारा ३३ करोड देवीदेवताहरुको स्तुति गर्दै रमैणी मन्त्र उच्चारण गरी १७ मिनेटमा २१ जोडीको विवाह सम्पन्न गराइएको हो ।

विभिन्न महोत्सवमा यहाँ सामूहिक तथा दाइजोमुक्त विवाह हुने गरेको छ ।

शन्त रामपालको सतलोक आश्रममा गत बिहीबारदेखि चलिरहेको ६२७औं प्रकट दिवसका कार्यक्रममा मधेशका मुख्यमन्त्री सतिसकुमार सिंह, सभामुख रामचन्द्र मण्डल लगायत सहभागी भएका थिए ।