३१ बैशाख ०७९, काठमाडौं । निर्वाचन आयोगले देशभरका ७७ मतदान केन्द्रमा झडप र विवादका कारण निर्वाचन स्थगित भएको जनाएको छ ।
निर्वाचन आयोगको संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेईओसी)का अनुसार २८ वटा स्थानीय तह र १६ जिल्लामा निर्वाचन प्रभावित भएको छ ।
लुम्बिनी र गण्डकी प्रदेशका कुनै पनि मतदान केन्द्रमा निर्वाचन स्थगित भएको छैन् ।
निर्वाचन आयोगले प्रारम्भिक विवरण अनुसार, ६४ प्रतिशत मतदान भएको भन्दै विभिन्न ठाउँमा मतगणना शुरु भएको समेत जनाएको छ ।