१२ भदौ ०७६, काठाडौं । गृह मन्त्रालयले ३१ जना प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरुको सरुवा गरेको छ ।
बिहीबार मन्त्रालयको निर्णयले ३१ सिडीओहरुको सरुवा गरेको हो । ललितपुर, काठमाडौं, मोरङ, मकवानपुर, सुर्खेत लगायतका जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु सरुवा गरिएको छ ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्य गृह मन्त्रालयमा सरुवा भएका छन् भने उनको ठाउँमा झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल आएका छन् ।
त्यस्तै, ललितपुरका प्रजिअ प्रेमराज जोशी मकवानपुर सरुवा भएका छन् भने उनको ठाउँमा धादिङका प्रजिअ भगिरथ पाण्डेयलाई ल्याइएको छ ।
मकवानपुरका प्रजिअ आशमान तामाङ धादिङ सरुवा भएका छन् । त्यस्तै काभ्रेका प्रजिअ उदयबहादुर राना झापा सरुवा भएका छन् ।














