९ साउन ०७६, काठमाडौं । सरकारले विभिन्न ३ मन्त्रालयमा शाखा अधिकृत र सो भन्दा माथिको ९ सय ८९ वटा अस्थायी दरबन्दी थप गरेको छ ।
बिहीबार मन्त्रिपरिषद बैठकले खानेपानी, वन र श्रम तथा सामाजिक सुरक्षा मन्त्रालयगरी राजपत्रांकित श्रेणीको ८ सय ८९ वटा दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको हो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाका अनुसार चालु परियोजना छिटो सम्पन्न गर्नका लागि खानेपानीमा २१३, वनमा ५० र श्रम तथा सामाजिक सुरक्षामा ७२६ वटा अस्थायी कर्मचारीको दरबन्दी थप गरिएको बताए ।













