५५ थान भारतीय ग्यास सिलिन्डर बरामद

८ पुस, पर्सा ।

Indian-Gas

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले बन्द, हड्ताल र नाकाबन्दी जारी राख्दा भारत र तेस्रो मुलुकबाट हुने आयात ठप्प भएसँगै सीमाक्षेत्रमा इन्धनलगायत दैनिक उपभोग्य वस्तुको अवैध कारोवार फस्टाउँदै गएको छ ।

अभावको फाइदा उठाउँदै तस्करहरुले विभिन्न नाकालाई प्रयोग गर्दै डिजल, पेट्रोल, खाना पकाउने ग्यासदेखि दैनिक उपभोग्य वस्तु भित्र्याउने गरेका छन् ।

यसै क्रममा बुधबार बिहान नम्बर नभएको ट्याक्टरसहित ५५ थान भारतीय ग्यासको सिलिन्डर प्रहरीले बरामद गरेको छ । तस्करले ग्यास सिलिन्डर ल्याइरहेको पूर्व सूचनाको आधारमा प्रहरीले पर्साको महादेवपट्टी गाविस–१ जिराभवानी मन्दिर नजिकैबाट भारतीय ग्यास सिलिन्डरसहित ट्याङ्करलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक यादव घर्तीमगरले बताए ।

तपाइको मत