५ प्रतिशत ब्याजमा नाकाबन्दी र भूकम्पपीडित उद्योगीले ऋण पाउने

२२ पुस, काठमाडौं ।
Bishnu
भूकम्पबाट भएको क्षति र भारतीय नाकाबन्दीबाट समस्यामा परेका उद्योगी-व्यवसायीहरुलाई सरकारले ५ प्रतिशत व्याजदरमै ऋण दिने भएको छ ।बुधबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री विष्णु पौडेलले भने, ‘यो कोष तत्कालै कार्यान्वयनमा आउँछ ।’

अहिलेसम्म बैंक तथा वित्तीय संस्थाले उद्योग तथा अन्य क्षेत्रमा न्यूनतम १० प्रतिशत कर्जा ब्याज लिँदै आएका छन् । सरकारले ल्याएको यो प्याकेजले उद्योगी व्यवसायीहरुलाई ठूलो राहतको महशुस हुने भएको छ ।

अर्थतन्त्रलाई पुनर्जीबन दिने उद्देश्यले मर्कामा परेका उद्योगी-व्यवसायीलाई राहत दिन सरकारले मंगलबार एक खर्ब रुपैयाँको पुनरुद्धार कोषको स्थापना गरेको अर्थमन्त्री पौडेलले जानकारी दिए ।

तपाइको मत