७० वर्षीय वृद्धको इट्टा प्रहार गरी हत्या

६ चैत्र ०७५, रुपन्देही । घरमै सुतिरहेको  ७० वर्षीय वृद्धको इट्टा प्रहार गरेर हत्या गरिएको छ ।

कपिलवस्तुको शिवराज नगरपालिका– ६ का ७० वर्षीय त्रिवेणी यादवकोे बुधबार बिहान घरमै सुतिरहेको बेलामा इट्टा प्रहार गरेर हत्या गरिएको हो ।

वडा प्रहरी कार्यालय, चन्द्रौटाका प्रमुख महेश्वर उपाध्यायका अनुसार उनको पिपरी चोकस्थित गणपति पेट्रोल पम्प अगाडि घरमा सुतिरहेका बेला बिहान ३ बजे इँटा प्रहार गरेर हत्या गरिएकाले जानकारी दिए । मृतक यादवको टाउको र अनुहारमा चोट लागेको छ ।

प्रहरी प्रमुख उपाध्यायले शव नजिकै अवधी भाषामा आर्थिक लेनदेनको विषय उल्लेख गरिएका एक पत्रसमेत भेटिएको बताए ।

स्थानीयले यादवलाई मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । लगत्तै प्रहरीले घटनास्थलमा पुगेर त्यसबारे अनुसन्धान थालेको छ ।

तपाइको मत