२३ भदौ ०७४, राजविराज । असोज २ गते हुने स्थानीय तह तेस्रो चरणको निर्वाचनका लागि सप्तरीमा ८ सय ५६ पदका लागि कुल ५ हजार ६ सय ८६ जना उम्मेदवार चुनावी मैदानमा ओर्लेका छन् ।
जिल्लाका ९ नगरपालिका र ९ गाउँपालिकाको मेयर पदका लागि २ सय १४ जना र उपमेयर पदका लागि १ सय ६६ जनाले उम्मेदवारी दिएका छन् ।
यसैगरी १६४ वडा अध्यक्षका लागि १ हजार २ सय १७ जनाको मनोनयन दर्ता गराई चुनावी मैदानमा ओर्लिएका छन् ।
त्यस्तै सदस्य पदका लागि २ हजार ३०, दलित महिला सदस्यका लागि ९ सय ८२ र महिला सदस्यका लागि १०७४ जना चुनावी प्रतिस्प्रधामा उत्रिएका छन् ।
जिल्ला निर्वाचन कार्यालयका सप्तरी अनुसार सबैभन्दा पुरानो नगरपालिका राजविराजको मेयरका लागि ३ स्वतन्त्रसहित १३ जना र उपमेयरमा ९ जनाले मनोनयन दर्ता गराएका छन् ।
यस नगरपालिकामा ८२ पदका लागि हुन लागेको निर्वाचनका लागि कुल ५ सय ४७ जनाको उम्मेदवारी दर्ता भएको छ ।