७ साउन ०७४, भक्तपुर । भक्तपुर मालपोत कार्यालयका अधिकृतसहित चार जना कर्मचारी घुससहित पक्राउ परेका छन् ।
अख्तियारबाट खटिएको टोलीले अधिकृत चक्रबहादुर श्रेष्ठ, नायवसुब्बा राजकुमार घिमिरे, नायव सुब्बा दिनेश रेग्मी र खरिदार दुर्गा पोखरललाई शुक्रबार साँझ सवा ७ बजे ५० हजार घुससहित रंगेहात पक्राउ गरेकाे हाे ।
भक्तपुर मालपोत कार्यालयका उनीहरुलाई मध्यपुर नगरपालिका वडा नं ३ कौशलटार चोकमा रहेको वेभ शेकुवा कर्नरमा सेवाग्राहीसँग घुस लिइरहेको समयमा पक्राउ गरेको अख्तियारले जनाएको छ ।