प्रदेश नम्बर २ मा प्रेस सेन्टर, चौतारी र युनियनको प्यानलले जित्ने निश्चित

२२ बैशाख ०७५, सर्लाही । नेपाल पत्रकार महासंघको प्रादेशिक निर्वाचनमा प्रदेश नम्बर २ मा प्रेस सेन्टर नेपाल, प्रेस चौतारी नेपाल र नेपाल प्रेस युनियनको संयुक्त प्यानलले नै जित्ने निश्चित भएको छ ।

धनुषा र सिरहाको मतगणनाको परिणाम नआउँदै संयुक्त प्यानलले अध्यक्षसहित सबै पदमा जित निकाल्ने निश्चित भएको हो ।

सप्तरी, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा गरी ६ जिल्लाको मत परिणाम अनुसार गठबन्धनका अध्यक्ष उम्मेदवार दिपेन्द्र चौहानले २६८ मत पाएका छन् भने उपाध्यक्ष उम्मेदवार केसी लामिछानेले ३४० मत पाएका छन् ।

यसैगरी महिला उपाध्यक्ष उम्मेदवार रिंकु कुमारी मिश्रले ३००, महासचिव किरण कर्णले ३०१, खुल्ला सचिव गुरुप्रसाद गौतमले ३२० र समावेशी सचिव राम नारायण विश्वासले ३३७ मत पाएका छन् ।

यसैगरी कोषाध्यक्ष प्रविण साहले २८७, खुल्ला सदस्य भोजराज भट्टराईले ३१४, धिरेन्द्र रायले २६६, अजित कुमार सिंहले ३२८, शैलेन्द्र झाले ३३३, राजन कुमार सिंहले २७३ मत पाएका छन् ।

यसैगरी आदिवासी जनजातितर्फका सदस्य जितलाल श्रेष्ठले ३४७, जगत राईले ३४७ मत पाएका छन् भने मधेशी सदस्यतर्फ वैद्यनाथ चौधरीले ३२२ मत र अजय कुमार साहले ३५६ मत पाएका छन् ।

प्रदेश नम्बर २ को निर्वाचनमा कुनै पनि पदका उम्मेदवारले जित निकाल्न कम्तीमा ३६३ मत ल्याउनु पर्ने देखिन्छ । जसको अनुपातमा पछिल्लो प्राप्त मत परिणामअनुसार गठबन्धनका सबै उम्मेदवारले जित्ने देखिएको छ ।

यतिबेला धनुषाको १५३ र सिरहाको ८८ मत गरी २४१ मतको गणना कार्य जारी छ ।

तपाइको मत