रगत चाहिएमा भृकुटीमण्डपमा होइन ललितपुरको बालकुमारी जाऔं

download

७ पुस, काठमाडौं ।

नेपाल रेडक्रस सोसाइटीले भृकुटीमण्डपमा सञ्चालन गर्दै आएको केन्द्रीय रक्तसञ्चार सेवा केन्द्र (ब्लड बैंक) ललितपुरको बालकुमारीमा रहेको आकस्मिक रक्तसञ्चार सेवा भवनमा सारेपछि रगत लिन बालकुमारी पुग्नु पर्ने भएको छ ।

भृकुटीमण्डपको मुख्य भवनमा गत १२ बैशाखको महाभूकम्पले क्षति पु¥याएपछि सो भवन भत्काई नयाँ निर्माण गर्न रेडक्रसदे केही वर्षका लागि ब्लड बैंक सार्न लागेको हो । भृकुटीमण्डममा नयाँ भवन बनेपछि ब्लड बैंक सेवा पुनः पुरानै ठाँउमा फर्कने ब्लड बैकका सिनियर मेडिकल अफिसर डा.प्रकाशकुमार यादवले बताए । साथै, उनले एक दुई दिन भृकुटीमण्डपबाट पनि आंशिक सेवा दिइने जानकारी दिए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत