इराकी सेनाद्धारा आइएसविरुद्धको कारबाही तिव्र

८ पुस, एजेन्सी ।
इराकी सेनाले विद्रोही संगठन इस्लामिक स्टेट आइएसविरुद्धको कारबाहीलाई तिव्र पारेको छ । इराकी सेनाले आइएसको नियन्त्रणमा रहेको रमादीलाई केन्द्रित गरेर कारबाही अभियान तीव्र पारेको हो । अमेरिका नेतृत्वको नेटो गठबन्धन सेनाको सहायतामा इराकी सेना रमादीतर्फ अघि बढेको हो ।

Iraq
अमेरिका नेतृत्वको गठबन्धन सेनाले हवाई आक्रमणमार्फत् इराकी सेनालाई साथ दिएको छ । रमादीका दुई वटा जिल्लामा सरकारी सेनाले आफ्नो नियन्त्रण कायम गरेको र अरु दुई जिल्लाको भित्रि भागमा प्रवेश गरेको सुरक्षा अधिकारीहरुले बताएका छन् ।
सरकारी सेना मुख्य सरकारी भवनतर्फ अघि बढेका छन् । आइएसका विद्रोहीले स्नाइपर तथा आत्मघाती आक्रमण गरिरहेको सेनाले जनाएको छ । सरकारी सेनालाई प्रहरी तथा सुन्नी आदिवासीले पनि साथ दिएको इराकी आतंकवादी विरोधी सेवाका प्रवक्ता सवाह अल नुमानीले बताए ।
तीन दिनभित्रमा रमादीबाट आइएसलाई हटाइसक्ने उनको भनाइ थियो । गत मे महिनामा आइएसका लडाकुले रमादीबाट इराकी सेनालाई परास्त गरेर नियन्त्रण कायम गरेको थियो ।
  •  
  •  
  •  
  •  
  •  

तपाइको मत