ओली सरकारको आयु सय दिन – किराती

१० पुस, काठमाडौं । एमाओवादी नेता गोपाल किरातीले प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार
एक सय दिन पुगेपछि ढल्ने बताएका छन् ।

Gopal
‘एक सय दिन पुगेपछि यो सरकार ढल्छ, नढले पनि ढाल्नुपर्छु’ शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा नेता किरातीले भने- ‘यो मुलुकको लागि बोझ भइसकेको छ ।’

किरातीले पार्टी केन्द्रीय समितिको बैठकमा आफूले सरकारबाट फिर्ता हुनु पर्ने प्रस्ताव राखेको तर अध्यक्ष प्रचण्डले कम्तिमा एक सय दिन पर्खिनुस् भनेको स्मरण गर्दै मधेसीले राखेको बहुराष्ट्रिय राज्यको मागप्रति समर्थन जनाउँदै किरातीले त्यो नगरे मधेस विभाजन हुने चेतावनी दिए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत