पुसको पहिलो हप्तामा १ सय ८३ बुलेट ग्यास भित्रियो

१० पुस, काठमाडौं ।

मन्त्रिपरिषद्ले संविधान संशोधनमा प्रतिबद्धता जनाएसँगै भारतले त्यसको स्वागत गरेपछि ग्यासको बुलेट पहिलेको तुलना बढी मात्रामा भित्रिएको छ ।

images

भन्सार विभागका महानिर्देशक शिशिर ढुंगानाका अनुसार विभिन्न नाकाबाट पुस महिना पहिलो हप्तामा १ सय ८३ ग्यास बुलेट  भित्रिएको छ । ती बुलेटबाट १४ दशमलव २ किलोको २ लाख २८ हजार ७ सय ५० सिलिन्डर ग्यास आयात भएको छ ।

 

 

बुलेट आयात
पुस १ गते : १६
पुस २ गते : १४
पुस ३ गते : १४
पुस ४ गते : १८
पुस ५ गते : १३
पुस ६ गते : ३७
पुस ७ गते : २८
पुस ८ गते : ४४
स्रोत : भन्सार विभाग
  •  
  •  
  •  
  •  
  •  

तपाइको मत