मधेसी मोर्चा र प्रचण्डबीच वार्ता जारी

१० पुस, काठमाडौं ।

सरकारको प्रस्तावलाई अस्वीकार गरेका मधेसी मोर्चाका नेताहरुलाई सहमतिमा ल्याउन प्रचण्डले मोर्चासँगको छलफललाई बाक्लो बनाएका छन् ।

prachandaमधेसी मोर्चाले सरकारको प्रस्तावले मधेसको माग समेट्न नसकेको भन्दै संविधान संशोधन प्रस्तावमा समेत परिमार्जन गर्नु पर्ने बताउँदै आएका छन्  । समस्या समाधानका लागि सहमति खोज्न प्रचण्ड र मधेसी मोर्चाका नेताहरुबीच वार्ता चलिरहेको छ । वार्तामा एमाओवादी अध्यक्ष प्रचण्ड, उपेन्द्र यादव, महन्थ ठाकुरलगायतको सहभागिता रहेको छ ।

स्रोतका अनुसार आजको वार्तामा संविधान संशोधन प्रस्तावमा मधेसी मोर्चाले खोजेको परिमार्जन र सीमाङ्कनका बारेमा नयाँ विकल्पसहित ठोस सहमति हुन सक्ने बताइएको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत