स्वास्थ्य बीमा पहिलो चरणमा इलाम, कैलाली र बागलुङमा

1416187883_1451021282.jpg

१० पुस, काठमाडौं ।

स्वास्थ्य मन्त्रालयले केही महीनाभित्रै स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ । पहिलो चरणमा कार्यक्रम सञ्चालनका लागि इलाम, कैलाली र बागलुङ जिल्लालाई नमूनाका लागि छनोट गर्न मन्त्रालयले आवश्यक अनुसन्धानको कार्यसमेत पूरा गरिसकेको बताइएको छ । कार्यक्रमको साझेदारका रूपमा रहेका स्थानीय सेवाप्रदायक संस्थाले आवश्यक भौतिक संरचना निर्माणको कार्य सम्पन्न गर्ने्बित्तिकै कार्यक्रम सञ्चालन गरिने मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपालले बताए ।

सबै नागरिकमा स्वास्थ्य सेवाको पहुँच पुर्‍याउने उद्देश्यले सरकारले चालू आर्थिक वर्ष २०७२/७३ को बजेटमार्फत स्वास्थ्य बीमा कार्यक्रम सार्वजनिक गरेको हो । सरकारले २०७१ सालमा अवलम्बन गरेको स्वास्थ्य बीमा नीतिअन्तर्गत सामाजिक सुरक्षाका लागि स्वास्थ्य बीमा कार्यक्रमलाई अघि बढाइएको हो । कुनै पनि नागरिक स्वास्थ्योपचार सेवाबाट वञ्चित नहोऊन् भनेर कार्यक्रम सञ्चालन गर्न लागिएको मन्त्रालयले बताएको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत