भारत मधेश आन्दोलनमा गलत रुपमा प्रवेश ग-यो – नारायणकाजी

११ पुस, काठमाडौं ।
एमाओवादी नेता नारायणकाजी श्रेष्ठले भारत मधेश आन्दोलनमा गलत रुपमा प्रवेश गरेको बताएका छन् ।

images
बिराटनगरमा शनिबार सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेता श्रेष्ठले मधेश आन्दोलनमा नेपालको आन्तरिक मामिला हो भन्दै भारत मधेश आन्दोलनमा गलत रुपमा प्रवेश गरेको बताएका हुन् ।

नेता श्रेष्ठले मन्त्रालय फुटाउन आफ्नो सहमति नभएको भन्दै जे गरेपनि एमाओवादीले सरकारलाई समर्थन गर्छ भन्ने नसोच्न प्रधानमन्त्री केपी ओलीलाई चेतावनी दिए । उनले प्रशासन सुधार आयोगको सुझाव कार्यान्वयन गर्ने भए मन्त्रालय घटाउन एमाओवादी तयार रहेको बताए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत