मधेसमा भैंसी जुलुस प्रदर्शन गरेर भैसीलाई नै ज्ञापन पत्र बुझाइने

आमहड्ताल र नाकाबन्दी जारी राख्ने निर्णय

११ पुस, काठमाडौं ।

संघीय समावेशी मधेसी गठवन्धनले मधेशमा भैंसी जुलुस निकाल्ने र नाकाबन्दी जारी राख्ने बताएको छ ।

jp
बिराटनगरमा बसेको शरदसिंह भण्डारी र जेपी गुप्तासहितको मधेसी गठवन्धनले आमहड्ताल र नाकाबन्दीलाई जारी राख्ने निर्णय गरेको छ । सरकारले संसदमा पेश गरेको संविधान संशोधनले मधेस आन्दोलनको माग पुरा नगर्ने बताएको छ ।

आइतबार गठबन्धनले तराईका सबै जिल्लामा भैंसी जुलुस प्रदर्शन गरेर भैसीलाई नै ज्ञापन पत्र बुझाइने बताएको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत