मन्त्रालय थप्ने कुरामा सहमति तर लथालिङ्ग तरिकाले टुक्र्याएकोमा असहमति – दाहाल

तपाईं कालो वर्णको हुनुहुन्न तर गोरो भन्न चाहिँ मिल्दैन भन्नुको अर्थ कुटनीतिक भाषामा ‘काले हौ’ भन्नु होइन र ?

१२ पुस, बिराटनगर ।
शिक्षा मन्त्री गिरिराजमणी पोखरेलको दिवंगत बुवाको सम्मान र अखिल क्रान्तिकारीको कार्यक्रममा सहभागी हुन आइतबार बिराटनगर पुगेका एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले मन्त्रालय विभाजन गरी मन्त्री थपेकोमा तीब्र असन्तुष्टि जनाएका छन् ।

prachand-at-biratnagarसञ्चारकर्मीसँग कुराकानी गर्दै एमाओवादी अध्यक्ष दाहालले मन्त्रालय थप्ने कुरामा आफूहरुको सहमति भएको तर लथालिङ्ग तरिकाले मन्त्रालय टुक्र्याएकोमा सहमति नरहेको बताएका छन् ।

अर्को एक प्रसङ्गमा दाहालले अप्ठ्यारो परिस्थितिमा सरकार बनेकोले सरकार नै छोड्ने बारेमा अहिले नै त्यो बेला नआएको बताए । साथै उनले मधेसी मोर्चासँग सहमतिको प्रयास करिब–करिब अन्तिम चरणमा पुगेको बताउँदै छिट्टै सहमति हुने बताए ।

सञ्चारकर्मीसँगको कुराकानीकै क्रममा एमाओवादी अध्यक्ष दाहालको भनाईलाई टिप्पणी गर्दै एक सहभागीले तपाईं कालो वर्णको हुनुहुन्न तर गोरो भन्न चाहिँ मिल्दैन भन्नुको अर्थ कुटनीतिक भाषामा ‘काले हौ’ भन्नु होइन र ? भनेर दाहालको भनाई खिसीट्युरी गर्न समेत भ्याएका थिए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत