प्रहरी चौकीमा पेट्रोल बम प्रहार, २ घाइते, ४ पक्राउ

१३ पुस, जनकपुर ।

images

प्रहरी र आन्दोलनकारीबीच जनकपुरको जानकी चोकमा सोमबार झडप हुँदा  स्थिति तनावग्रस्त भएको छ । विराटनगरको रानी भन्सारमा शनिबार सदभावना अध्यक्ष राजेन्द्र महतो घाइते भएको विरोधमा मधेसी मोर्चाका कार्यकर्ताले जानकी चोकमा रहेको प्रहरी चौकीमा पेट्रोल बम प्रहार गरेका हुन् ।

प्रहरी र प्रदर्शनकारीबीच भएको झडपमा ज्ञानकुञ्ज जनकपुरका जितेन्द्र ठाकुर र जलेश्वरका मनिष भण्डारी घाइते भएका छन् । उनीहरुको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले चार जना आन्दोलनकारीलाई नियन्त्रणमा समेत लिएको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत