एमाले नेता रायको हत्याको विरोधमा प्रदर्शन

१४ पुस, काठमाडौं ।

UML-Protest

एमालेको सर्लाही जिल्ला नेता रामनरेश रायको हत्याको विरोधमा काठमाडौंमा एमाले कार्यकर्ताले विरोध प्रदर्शन गरेका छन् ।
मंगलबार बिहान मर्निङवाकमा निस्किएका बेला ६२ वर्षीय नेता रायको अज्ञात समूहले हत्या गरेको थियो ।

घटना हेमपुर गाविस वडा नम्बर ७ मा भएको हो । मर्निङवाकमा हिँडेका उनलाई आँखामा खुर्सानीको धूलो छर्केर धारिलो हतियार प्रहार गरी हत्या गरिएको प्रहरीले जनाएको छ ।

हेमपुर गाविसका दुईपटक निर्वाचित अध्यक्ष तथा जिल्ला विकास समिति सदस्य रहिसकेका यादव लोकप्रिय नेता थिए । उनी पछिल्लो समय पार्टीको निर्णयबमोजिम मधेसमा संविधानबारे जनतालाई बुझाउने अभियानमा थिए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत