ओली सरकार ढाल्न एमाले भित्रै चलखेल : सिटौला

१४ पुस, भैरहवा ।

imagesकेपी ओली नेतृत्वको सरकार ढाल्न एमाले भित्र चलखेल सुरु भएको दाबी काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले गरेका छन् ।
मंगलबार भैरहवामा सिटौलाले कुनै व्यक्ति विशेषको नाम नलिएरै एमालेकै नेताहरु सरकारको काम कारवाहीप्रति असन्तुष्ट भएर ओलीको विकल्प खोज्न थालेको बताए ।

सिटौलाले काँग्रेस सरकार ढाल्ने र बनाउने खेलमा नलागेको जिकीर पनि गरे । काँग्रेसका महामन्त्री समेत रहेका सिटौलाले संविधान कार्यान्वनका लागि राजिनितिक रुपमा राष्ट्रिय एकता हुनुपर्ने बताउँदै प्रदेशको सिमाङ्कन परिवर्तन गर्न सम्बन्धित जिल्लावासीको सुझाव लिनु पर्ने धारणा राखेका थिए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत